कोरोना अपडेट– अमेरिकामा ६८ हजारभन्दा बढी संक्रमितको मृत्यु
काठमाडौं । अमेरिकामा ६८ हजाभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको हो ।
अमेरिकामा हालसम्म ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ जनाले ज्यान गुमाएका छन् ।
