भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय पुग्यो

तु खबर संवाददाता
२०७७ बैशाख १७, बुधबार १५:११
filr-photo

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० भन्दा धेरै मानिसको ज्यान गएको छ । यो संगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय पुगेको हो ।

भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय ३२ पुगेको छ ।

अहिलेसम्म भारतमा सात हजार ६९६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

नेपालमा भने कोरोनाका कारण हालसम्म कुनै पनि व्यक्ति ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारमा नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ५८ पुगेको छ ।

बुधबार तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५७ पुगेको हो । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*