पाकिस्तानमा एकैदिन झण्डै ९ सय कोरोना संक्रमित फेला

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार १४:०६
file photo

काठमाडौं । पाकिस्तानमा कोरोनाका कारण एकैदिन झण्डै ९ सय कोरोना संक्रमित फेला परेका छन् ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तामा पछिल्लो २४ घण्टामा ८ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् ।

योसँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार ७ सय ५९ पुगेको छ ।

त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३ सय ४६ पुगेको छ भने ४ हजार ५२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*