विश्व विविध
अफगानिस्तानमा कब्जा जमाइरहेको तालिबानले भन्यो – अब कुनै सम्झौता हुँदैन
काठमाडौं । अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म अफगानिस्तानले ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको छ । यसमध्ये कुन्दुज निकै महत्त्वपूर्ण रहेको छ । यसबीच अमेरिकी...
भारतमा एकैदिन थपिए ३५ हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारत । भारतमा एकैदिनमा ३५ हजारभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक...
विवाह भोजमा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु
बंगलादेश । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार, विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ लाग्र्दा सहभागी १६ जनाको मृत्यु भएको हो । यस्तै, सोही घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ...
अमेरिकामा ८.२ म्याग्निच्युडको भुकम्प
काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर...
ट्युनिसियाका राष्ट्रपति सैयदले गरे प्रधानमन्त्री मेचिचीलाई बर्खास्त, संसद भंग
काठमाडौं । ट्युनिसियाका प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरिएको छ । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री मेचिचीलाई बर्खास्त गर्नुको साथै संसद समेत भंग गरेका हुन् । ट्युनिसियामा केही दिन अघिदेखि कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन भइरहेको थियो । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक...
विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १६ डोज खोप लगाइयो
काठमाडौं । विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यसप्रकार रहेका छन् । चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४...
बेलायतमा १९ औं गोर्खा कप हुँदै
बेलायत । बेलायतवासी नेपाली समुदायमा सबैभन्दा ठूलो इभेन्टको रुपमा स्थापित १९ औं गोर्खा कप यहि जुलाई २४ तारिखदेखि हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुँदैछ । कार्यक्रमको तयारी पूरा भैसकेको आयोजक तमुधिं यूकेले जनाएको छ...
इन्स्टाग्रामको रिच लिष्टमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडी
सामाजिक संजाल आफ्ना कुरा सेयर गर्ने मात्र होइन आयको राम्रोसमेत बन्ने गर्दछ । सामाजिक संजाल इन्स्टाग्राममा सेलिब्रेटीहरुले प्रति पोष्ट प्रमोशनको करोडौं रुपैया लिने गरेका हुन्छन् । उनीहरुको फलोअर संख्या र लोकप्रियताको आधारमा रेट तय हुने बताईन्छ । यसैबीच इन्स्टाग्राममा हुने बिजिनेसको अध्ययन गर्ने होपर एचक्यू डट कमले २०२१ को...
दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति समर्थकले हिंसा मच्चाए, ७२ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो...
कोपा अमेरिका फाइनलमा अर्जेन्टिना बिजयी
काठमाडौं । आइतबार बिहान भएको कोपा अमेरिका २०२१ फुटबल म्याचको फाइनल खेलमा ब्राजिललाई एक शून्यको अन्तरले हराउँदै अर्जेन्टिना बिजयी भएको छ । केहीबेर अघि ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले एक गोलले ब्राजिललाई हराउन सफल भएको हो । आजको खेलमा बिजयी भएसँगै १५ औं कोपा...










