विश्व विविध
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई...
कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ । औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी...
इंग्ल्याण्ड लकडाउन मुक्त हुँदै
लन्डन । लामो समयदेखि लकडाउनको पीडा भोगिरहेका इंग्ल्याण्डवासीहरु लकडाउन मुक्त हुने भएका छन् । गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो । तर, संक्रमण दर निरन्तर बढ्दै गएपछि लकडाउन पुनः लम्बिन सक्ने...
ट्युनिशिया नजिक सागरमा डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु
काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, ट्युनिशियाको रेड क्रिसेन्टले ८४ जनालाई उद्धार गरेको पुष्टि भएको छ । सो डुंगामा इजिप्ट, सुडान र...
बेलायतमा एक सातामा झन्डै २३ हजार संक्रमित थपिए
लन्डन। बेलायतमा एक सातामा झण्डै २३ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।...
आत्मघाती कारबम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु
काठमाडौं । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश...
बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने
काठमाडौं । बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ । बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ...
अमेरिकामा १२ तले भवन खस्दा बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो, ४ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको मियामीमा १२ तले भवन खसेपछि बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको छ । मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै बाँकी रहेको बताए । उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर...
जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने सम्भावना
जापान । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले शुक्रबार सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका हुन् । उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल घोषणा गर्न सक्ने...
भारतमा थप ५१ हजार जनामा कोरोना पुष्टि, १३ सयको मृत्यु
भारत । भारतमा थप ५१ हजारभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५ सय २७ जना...






