विश्व विविध

एनआरएनएको कार्यकाल ६ महिना थप

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिएका छन् । कुमार पन्तको अध्यक्षतामा बसेको भर्च्युअल बैठकले संघको १०...

नेपाललाई बेलायतले रेडलिष्टको सूचीबाट हटाईयो

काठमाडौं । बेलायत सरकारले कोरोना महामारीका कारण अन्तराष्ट्रिय यात्रा प्रतिबन्धमा रहेको नेपाललाई रेडलिष्टको सूचीबाट हटाएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुने गरी बेलायत सरकारले नेपाललगायत ५४ वटा मुलुकलाई रेडलिष्टको सूचीबाट हटाएको हो । रेडलिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत जाँदा ११...

पाकिस्तानमा बिहानै भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो । यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन ।...

इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

इटाली । उत्तर इटालीको सहर मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एउटा निजी विमान इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार ८ जनाको मृत्यु भएको हो । इटालियन मिडियाका अनुसार, दुर्घटनामा विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु, उनको पत्नी र...

भारतीय कांग्रेसकी नेता गान्धी पक्राउ

भारत । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । गान्धीलाई उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीे पक्राउ गरेको राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के...

रोहिंग्या शरणार्थीको गोली हानी हत्या

ढाका । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ । म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चार/पाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए । समाचार संस्था एपएफपीका अनुसार क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि...

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर...

नेपाल गोरखा परिवार दक्षिण कोरियाको अध्यक्षमा भट्टराई चयन

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । परिवारको सोमबार सम्पन्न अधिवेशनले अध्यक्षमा नवराज भट्टराई, वरिष्ठ उपाध्यक्षमा चिरन्जिवी पोखरेल, उपाध्यक्षमा सुमन थापा र रुपेश थापा, सचिवमा बुद्धिप्रसाद नेपाल, कोषाध्यक्ष भोजराज खनाल, सह–सचिवमा सितल भट्टराई र सह–कोषाध्यक्ष कमला घले श्रेष्ठलाई...

विश्वशान्तिको लागि कदमः कोरियाली प्रायद्वीपको मेलमिलाप र सहकार्यमा केन्द्रित

काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम आइतबार सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले राष्ट्र आर्थिक रुपमा मात्र नभई आत्मिक रुपमा पनि बलियो हुनुपर्र्नेे बताए । उनले भने ‘शान्तिको लागि हामीलाई देशभक्त, इश्वरप्रतिको विश्वास र नागरिकहरुप्रती मायाको...

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका...