विश्व विविध

विश्वका यी देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।...

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित

पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको हो । पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो । गत वर्ष...

ह्याकर पत्ता लगाउनेलाई अमेरिकी सरकारले १ करोड डलर दिने

काठमाडौँ । अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड अमेरिकी डलर पुरस्कार स्वरुप दिने घोषणा गरेको छ । डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको हो । त्यस्तै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा...

फेसबुकको नाम परिवर्तन गरिने

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकको नाम परिवर्तन गरिने भएको छ । सो कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेन्ट कन्फ्रेन्स सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिट्टै नै नाम परिवर्तन गर्ने बताइएको छ । फेसबुक कम्पनीले...

अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको मासाचुटे्स राज्यको एक पसलमा गोली लागेर एक जनाका मृत्यु भएको छ । गोली लागेर पसलका संचालक एक नेपालीको मृत्यु भएको हो । गोली लागेर ५४ वर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बस्दै आएका थिए । प्रहरीका अनुसार, पसलमा केही...

स्वास्थ्य विश्वकप २०२२ घोषणा

काठमाडौँ । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वास्थ्य खेल समारोह बनाउने घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटवल...

भारतको जम्मु–कश्मीरमा एक सातादेखि भुठभेड जारी, २२ जनाले गुमाए ज्यान

काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९ जना भारतीय सेना र १३ जना आतंकवादी समूहका रहेका छन् । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो ।...

बाढीका कारण भारतको केरला राज्यमा २२ जनाको ज्यान गयो

शुक्रबार देखिको अविरल बर्षाका कारण भारतको दक्षिणी राज्य केरलामा आएको बाढीका कारण २२ जनाको मृत्यु भएको छ । बाढीमा परेर आज बिहानसम्ममा २२ जनाको मृत्यु भएको हो । त्यहाँका संचार माध्ययमहरुले उल्लेख गरेअनुसार केरला राज्यका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप देखा परेको हो । हिन्दुस्तान...

एनआरएनएको निर्वाचन नोभेम्बर ३० मा गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआएएनए) को निर्वाचन नोभेम्बर ३० मा गर्ने निर्णय भएको छ । एनआरएनएको १० औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो । निर्वाचनको लागि तयारी अघि बढाइएको भएपनि प्रतिनिधि छनोटमा बिवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो । तत्कालका लागि रोकिएको...

आज अन्तरराष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

मकवानपुर । आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइँदै छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ । गरिबीको व्याख्या गर्दा...