विश्व विविध
बेलायतमा एकैदिन १ लाख ३० हजारमा कोरोना पुष्टि
काठमाडौं । बेलायतमा एकैदिन ठूलो संख्यामा कोभिड संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक लाख ३० हजारमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा हालसम्म...
भारतमा कोरोनाविरुद्धको थप दुई वटा खोप प्रयोगको लागि अनुमति
काठमाडौं । भारत सरकारले कोरोनाभाइरस (कोभिड–१९) का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ । मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् । त्यस्तै, एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई समेत अनुमति दिएको उनको भनाइ...
नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु जारी
काठमाडौं । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट...
आक्रमणमा परेर म्यानमारमा ३० जनाको मृत्यु
काठमाडौं । म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ । मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो । यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको...
भारतका बालबालिकालाई ३ जनवरीदेखि कोरोना खोप
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् । यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी ३ तारिखदेखि खोप दिइने भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए । साथै उनले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज...
आज ४५०० उडान रद्ध
काठमाडौं । विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने...
बेलायतमा एकैदिन एक लाखभन्दा बढी संक्रमित थपिए
काठमाडौं । बेलायतमा बिहिबार एकैदिन झण्डै एक लाख २० हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख...
भारतको केरलामा भारतीय जनता पार्टीका दुई नेताको हत्या
काठमाडौँ । भारतको केरला राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो त्यहाँका संचारमाध्ययमहरुले जनाएका छन् । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको...
विवाहमा जान लागेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते
पाकिस्तान । पाक्स्तिानमा एक विवाहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अन्त कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी हुन...
६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने
काठमाडौँ । अफ्रिकी देशहरुबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिन थालेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ वटा मुलुकबाट नेपाल आउने यात्रुलाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गरी नियम लागु गरिएको जनाएको छ । मन्त्रिपरिषद्को मंसिर १३ को...








