विश्व विविध
एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावनाबारे अन्तरक्रिया गर्ने
सौल, दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया (एनआरएनए कोरिया) ले नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा नेपालमा लगानीको अवस्था र सम्भावनाबारे अन्तरक्रिया गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीसमेतको आतिथ्यतामा ‘श्रमको सम्मान,...
भारतमा १ लाखभन्दा बढी संक्रमित थपिए
भारत । भारतमा थप एक लाख २७ हजार ९५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल सङ्क्रमितको संख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार...
एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो
एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई २० हजार पटक सेयर गरिसकिएको छ । उक्त तस्बिरमा...
दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको ज्यान गयो
काठमाडौं । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा हुँदा क्म्तीमा ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए । सो हमलामा परेर ३२ जनाको ज्यान गएको र...
अबदेखि लण्डन दूतावासमा कार्ड भुक्तानीमात्रै
लण्डन । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागु हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार एक सूचना जारी गरी सोको जानकारी गराएको हो । जारी सूचनामा दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्य रूपमा बैंक...
अमेरिकाद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन
काठमाडौं । अमेरिका सरकारले आफ्ना नागरिकहरुलाई युक्रेन छनड्न निर्देशन दिएको छ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै...
मिनी बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । बम विस्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । उक्त घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।...
खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना
अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही फेब्रुबरी १ देखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य...
अफगानिस्तानमा भूकम्पबाट २६ जनाको ज्यान गयो
काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको ज्यान गएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो...
हाइटीका राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ
हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो । मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले...






