विश्व विविध
अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने
काठमाडौँ । अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ । पीसीआर रिपोर्ट अनिवार्य नभएपनि मास्कको प्रयोगलाई...
चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउँदैछन् । विदेशमन्त्री वाङ जी तीन दिने भ्रमणका लागि आज नेपालमा आउन लागेका हुन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन्...
नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार
काठमाडौं । नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार भएको छ । सोमबार नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको हो । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई...
रुसले अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीमाथि प्रतिबन्ध लगायो
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसले राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी...
कोरियामा रहेका गोरखालीहरुलाई गोरखा परिवारको सदस्यता लिन आह्वान
सउल, दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाले यहाँ बसोबास गर्ने श्रमिक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीहरुलाई आफ्नो साधारण तथा आजीवन सदस्यता लिनको लागि अनुरोध गरेको छ । उसले गोरखा जिल्ला स्थायी घर भई हाल कोरियामा बस्दै आएका नेपालीहरुलाई सदस्यता लिनको लागि आह्वान गरेको हो ।...
रुसी सेनालाई समाप्त पार्छौँ: युक्रेन राष्ट्रपति भ्लोदोमिर
काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दावी गरेका छन् । रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो...
रुसको हमलामा ३५२ युक्रेन नागरिकको मृत्यु
युक्रेन । संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्म रुसको हमलामा परेर हालसम्म ३५२ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनका कूटनीतिज्ञले दिएको जानकारी अनुसार, रुसको हमलामा १६ बालबालिकासहित ३५२ जनाको मृत्यु भएको हो । गोलाबारी अझै जारी रहेको र मर्नेहरूको संख्या बढ्न सक्ने उनीहरूको भनाइ छ । युक्रेनका राष्ट्रपतिले पछिल्ला पाँच...
युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा आए
काठमाडौं । युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दुतावासको सम्पर्कमा आएको सबै जना नेपाली हालसम्म सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल...
रुसी राष्ट्रपति पुटिनले गरे सैन्य अभियान घोषणा
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको...
बेलायतले कोरोना सम्बन्धी सबै प्रतिबन्ध हटायोः कोरोना परीक्षण नहुने, खोप लगाउनु नपर्ने
काठमाडौँ । बेलायतले कोरोना सम्बन्धी सबै प्रतिवन्धको हटाउने भएको छ । बेलायतमा फेबु्रअरी २४ तारिखबाट कोरोना सम्बन्धी बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् । आउँदो बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि...









