इटालीमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी
२०७९ जेष्ठ २९,आईतवार १७:२६
सांकेतिक तस्वीर

काठमाडौं । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबार बिहानदेखि सात जना यात्रु बोकेर एयर ट्राफिकबाट बेपत्ता भएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए ।