विश्व विविध
अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी विद्यालयमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टेक्सस राज्यस्थित एक प्राथमिक...
श्रीलंकामा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश
श्रीलंका । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन ।...
श्रीलंकामा फेरी आपतकाल घोषणा
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग...
युक्रेनमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु
काठमाडौं । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र...
मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेर नष्ट हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएका हुन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा...
भारतमा कोरोना संक्रमणबाट ६० जनाको मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–९) संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै ६० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६० जनाको मृत्यु भएको हो । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ...
डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । उनी स्वास्थ्य तथा जनसख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य...
श्रीलंकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । प्रहरीले चलाएको गोलीलागेर ११ जना प्रदर्शनकारी घाइते भएका...
डब्लुएचओका महानिर्देशक बैशाख ८ गते नेपाल आउने
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् । गेहब्रेयससहितको टोली बैशाख ८ गते नेपाल आउने भएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपालमा रहँदा गेहब्रेयसले विभिन्न...
नाइजेरियामा हतियारधारीको आक्रमणबाट २३ को मृत्यु
काठमाडौं । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुको आक्रमणमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । उक्त प्रान्तको तारका नामक नगरमा दुई फरक–फरक समुदायका नागरिकमा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सोमबार राति भएको आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत...





