बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई युद्ध तालिम दिने
बेलायत । बेलायतको रक्षा मन्त्रालयले युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै १० हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने जनाएको छ । केही हप्ता लामो यो तालिम बेलायतमै लगेर दिने भएको हो । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् ।
तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अनुगमन रणनीतिलाई अगाडि बढाउने र युद्ध क्षेत्रमा लागू हुने नियम आदिमा केन्द्रीत हुनेछन् ।
