प्रधानमन्त्री देउवा र विदेशमन्त्री लबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १७:०४

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हमा देउवासँग भेटवार्ता गरेका हुन।

लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्वीरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् ।