विश्व विविध

नेपाली पासपोर्ट विश्वमै कमजोर सूचिमा

बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो । पासपोर्टको...

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु

काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । आगालागीमा परेर ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको हो । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् । समाचार एजेन्सी एनबीसी...

भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभँइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सो अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ...

हिमपातमा परेर २१ जनाको ज्यान गयो

काठमाडौं । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा परेर ज्यान गएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पाकिस्तानको राजधानी...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या एक लाख ५० हजार ५७ पुगेको हो । बेलायतमा...

नाइजेरियामा २०० जनाको हत्या

काठमाडौं । बन्दुकधारीहरूले नाइजेरियामा अन्दाजी दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक...

अमेरिकामा एकैदिन १० लाख बढी संक्रमित फेला

काठमाडौं । अमेरिकामा एकैदिन १० लाखभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ...

अमेरिकाको विश्वविद्यालयद्वारा पत्रकार पन्थीलाई मानार्थ पीएचडीबाट सम्मान

मकवानपुर । पत्रकारितामार्फत् मानवताका क्षेत्रमा असाधारण सेवा गरेको भन्दै न्यूयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो । मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ती महिला घाइते भएकी छन् । घाइते उनी सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना भएकी छन् ।...

सुन खानीमा पुरिएर कम्तिमा ३८ जनाको मृत्यु

काठमाडौं । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति बेपत्ता भएका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानको...