युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा आए

एजेन्सी
२०७८ फाल्गुन १४, शनिबार ०९:२३

काठमाडौं । युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दुतावासको सम्पर्कमा आएको सबै जना नेपाली हालसम्म सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना, युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको जानकारी गराएको थियो । तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ ।