बाढीका कारण भारतको केरला राज्यमा २२ जनाको ज्यान गयो
शुक्रबार देखिको अविरल बर्षाका कारण भारतको दक्षिणी राज्य केरलामा आएको बाढीका कारण २२ जनाको मृत्यु भएको छ । बाढीमा परेर आज बिहानसम्ममा २२ जनाको मृत्यु भएको हो । त्यहाँका संचार माध्ययमहरुले उल्लेख गरेअनुसार केरला राज्यका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप देखा परेको हो ।
हिन्दुस्तान टाइम्सले समाचारमा उल्लेख गरेअनुसार बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश कोट्याम जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् ।
अधिकारीहरुले आइतबार पनि बर्षा जारी नै रहेको बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । बाढीबाट भएका अन्य क्षतिको विवरण आउँन बाँकी रहेको जनाइएको छ । प्रहरीले बाढी प्रभावितहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने काम भइरहेको समेत थाहा भएको छ ।
