विश्व विविध
बंगलादेशका प्रधानन्यायाधीशले दिए पदबाट राजीनामा
काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जानकारी दिएको छ । शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै...
बंगलादेशको संसद् विघटन
काठमाडौं । बंगलादेशको संसद् विघटन भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद् विघटन गरेका हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट नै राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गरेका हुन् । राष्ट्रपति शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेको राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी...
नेटो राष्ट्रहरूबाट युक्रेनले पायो अमेरिकी एफ– १६ लडाकु विमान
काठमाडौँ । नेटो राष्ट्रहरुले युक्रेनलाई अमेरिकी एफ १६ लडाकु विमान सहयोग गरेका छन् । युक्रेनलाई एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै पहिलो किस्तामा केही लडाकु विमान भित्रिइसकेको युक्रेनस्थित सञ्चार माध्ययमहरुले जनाएका छन् । युक्रेनलाई जुलाई अन्तिम सम्ममा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता अनुसार सो म्यादभित्रै...
कामदार भिसाका लागि लोटरी खोल्दै अमेरिका
अमेरिका । अमेरिकाले कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक वर्ष २०२५ का लागि दोस्रो पटक लोटरी खोल्न लागिएको हो । आर्थिक बर्ष २०२५ का लागि तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च २५ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट...
जापानमा प्राविधिक श्रमिक पठाउने संस्थालाई सूचीकृत हुन आग्रह
काठमाडौँ । जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरुले विभागमा सूचीकृत हुनुपर्ने उल्लेख गरेको छ । ‘नेपाली...
लङ्काली क्रिकेट टोलीका कप्तान हसरंगाद्वारा राजीनामा
काठमाडौं । श्रीलङ्काली क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले पदबाट राजीनामा दिएका छन् । उनले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएका हुन् । टोलीको कप्तानबाट राजीनामा दिए पनि उनी खेलाडीको भूमिकामा भने सक्रिय रहने श्रीलङ्काली क्रिकेट बोर्डले जनाएको छ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा श्रीलङ्काको प्रदर्शन...
युक्रेनलाई शक्तिशाली हतियार सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा
अमेरिका । अमेरिकाको राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकलाई सम्बोधन गर्दै उनले युक्रेनलाई हतियार र दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले अमेरिका र अन्य चार पश्चिमी देशले युक्रेनलाई...
इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा १२ जनाको मृत्यु
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुस्थित एउटा अवैध सुन खानीमा पहिरो जाँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी र अवैध उत्खनन् क्षेत्र नजिकै बसोबास...
रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा युक्रेनी राष्ट्रपति
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससंगको युद्ध अन्त्य गर्ने तयारी गरिएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले शुक्रबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएका हुन् । ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित...
गर्मीका कारण भारतको यूपीमा एकैदिन १७१ जनाको मृत्यु
नयाँ दिल्ली । अत्यधिक गर्मीका कारण भारतको उत्तर प्रदेश (यूपी) मा मंगलबार एकैदिन १७१ जनाको मृत्यु भएको छ । गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको मृत्यु...









