विश्व विविध
भारत नियन्त्रित काश्मिरमा तीन आतङ्ककारी मारिए
श्रीनगर, भारत नियन्त्रित काश्मिर, ५ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् । प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी...
मुगाबेलाई महाअभियोग लगाइँदै
हरारे, ५ मङसिर । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उहाँलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट...
रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप
याङ्गोन, ५ मङसिर । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो...
भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका
नयाँ दिल्ली, ५ मंसिर । भारतको पन्जाव राज्यमा पर्ने मुश्ताक नगरमा रहेको तीन ओटा प्लाष्टिक कम्पनीमा आगलागी हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै अन्य १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । आगो निभाउन ५० जना अग्नी नियन्त्रकहरु खटिएका थिए ।...
न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प
न्युयोर्क, ४ मंसिर । न्यू क्यालेडोनियामा आईतबार शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको समाचारमा जनाइएको छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत...
कोलोम्बिया सडक दुर्घटनामा १४ को मृत्यु
बोगोटा, ४ मंसिर । कोलोम्बियाको ग्रामीण इलाकामा आईतबार एउटा बस दुर्घटना हँुदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । समाचारको कोलोम्बियाली अधिकारीहरुले समेत पुष्टि गरेका छन् । यात्राको क्रममा रहेको बसले मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार एजेन्सीहरुले जनाएका...
मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध
हरारे, ४ मङ्सिर । जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक गर्नुभएको छ । जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उहाँलाई नजरबन्दमा राखिएको थियो । त्यसपछि उहाँले सेनाको कदमप्रतिको प्रतिक्रिया के दिनुहोला भन्ने बारेमा निकै जिज्ञासा राखिएको थियो । अर्कातर्फ उहाँले आफै राजिनामाको घोषणा गरेर...
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्
काबुल, ३ मङ्सिर । अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५...
चीनमा भएको आगलागीमा परी १९को मृत्यु
बेइजिङ, ३ मङ्सिर । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।...
झडपमा पाँच आतंकवादी र एक सैनिकको मृत्यु
श्रीनगर, २ मङ्सिर / रासस/पीटीआई० : भारत प्रशासित काश्मीरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । झडपका क्रममा एक जना सैनिक कमाण्डोको पनि मृत्यु भएको छ । “उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि...






