विश्व विविध

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

म्याड्रिड, २० मङसिर । स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उनीहरु बेल्जियम हुनुहुन्छ । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उनीहरुले भूमिका खेल्नुभएको भन्दै उनीहरुहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उनीहरुमाथि देशद्रोहको आरोप...

हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई साउदी अरबको आग्रह

रियाद, २० मङ्सिर । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई आग्रह गरेको छ । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर उहाँको हत्याको बारेमा भने साउदीले...

साउदी गठबन्धन यमनी वार्ताका लागि तयार

साना, १७ मङसिर । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गर्नुभएको समाचार छ । उहाँले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त अर्काे एक समाचारमा पनि जनाइएको छ । यमनका पूर्व राष्ट्रपति...

भेनेजुयलाको सरकार र विपक्षी दलबीचको वार्ता बिफल, छलफल जारी रहने

कारकास, १७ मङसिर । भेनेजुयलाको सरकार र यहाँको विपक्षी राजनीतिक दलबीचको वार्ता सहमतिमा पुग्न असफल भएको समाचार छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष आइतबार सकिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अहिले विषयगत रुपमा सहमती नजुटेपछि दुई...

रोहिङ्ग्या म्यान्माली शरणार्थी फिर्तागर्ने सम्बन्धमा छलफल

याङगुन, बङ्गलादेश, १७ मंसिर । बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ । यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका...

नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

संयुक्त राष्ट्रसंघ, १७ मङसिर । यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गर्नुभएको छ । देशमा विगतका कैयौँ समयदेखि यस्तो झडप बढ्दै आएको र त्यसमा परी निर्दाेष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उहाँले सम्बद्ध सबैको...

आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु, सयजना बेपत्ता

नयाँ दिल्ली, १५ मङसिर रासस/सिन्ह्वा : भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण कम्तीमा पनि आठजना व्यक्तिको ज्यान गएको बताइएको छ । सो आँधीका कारण कम्तीमा पनि १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा...

इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

जाकार्ता, १५ मङसिर ९रासस/ सिन्ह्वा० : इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा पररी अरु...

विश्लेषण : संयुक्त राष्ट्रसंघ र उत्तर कोरियाको रवैया

उत्तर कोरियाले हिजो १३ गते बुधबार एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विषयले अहिले अन्र्तराष्ट्रिय निकायमा निकै चिन्ता र चासो बढेको छ । संयुक्त राष्ट्रसंघले क्षेप्यास्त्रको परीक्षण र प्रयोगमा कडा नियन्त्रण अपनाउ आग्रह गर्दै आइरहेको भएपनि उत्तर कोरिया लगायतका केही देशहरुले यसलाई सुनिरहेका छैनन् र घातक हतियारहरुको प्रयोग र...

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

मनिला, १३ मंसिर ९ / एएफपी : फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् । राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता...