विश्व विविध
वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन
जेनेभा, २९ मङसिर । विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान...
फ्रान्समा रेल दुर्घटनामा चार बालबालिकाको मृत्यु
मिललास्, फ्रान्स २९ मङसिर । दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर...
उत्तर कोरियाका विषयमा विश्वमा बढ्दो चासो, अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता
मस्को, २९ मङसिर । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । उहाँहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । क्रेमलिनले...
यमनमा साउदी नेतृत्वको सेनाद्वारा आक्रमण हुँदा ३१ को मृत्यु
साना, २८ मङसिर रासस/सिन्ह्वा : यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ । साउदी अरेबियाको...
टिभीको ‘प्राइम टाइम’ मा कन्डमको विज्ञापन रोक
नयाँ दिल्ली, २६ मङसिर । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको...
गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु
गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर । प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य...
हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए
काबुल, २१ मङसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरी...
बेइजिङ सहरमा वायु प्रदूषण घट्यो
बेइजिङ, २१ मङसिर । चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ । बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् । यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा...
नाकाबन्दीमा पनि आर्थिक वृद्धि
दोहा, २० मङ्सिर । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिनुभएको छ । उहाँले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका...
हवाई कारबाहीमा तालिवानका कमाण्डर मारिएको पुष्टी
गजनी, अफगानिस्तान, २० मङ्सिर । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा हालै भएको अफगान हवाई बलको कारबाहीमा एकजना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टी भएको छ । गत आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीनजना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टी गरेको हो । उक्त सैन्य बलले...









