विश्व विविध

निर्वाचनको समीक्षागर्न राहुल गान्धी हिमाचल जादै

नयाँ दिल्ली, १४ पुस । भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदै हुनुहुन्छ । विधानसभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो । निर्वाचनको समीक्षाको लागि उहाँ त्यहाँ पुग्न लाग्नुभएको समाचारमा बताइएको...

न्यूयोर्कमा भएको आगलागीमा बाह्रको मृत्यु

न्युयोर्क, १४ पुस । अमेरिकी सहर न्यूयोर्कको ब्रोन्स््मा रहेको एक अपार्टमेन्टमा बिहीबार भएको आगलागीमा परीमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । न्यूयोर्क सहरमा दशकाँैपछि भएको यस दुर्घटनाका कारण अन्य चार व्यक्ति गम्भीर घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । ब्रोन्स् सहरमा अवस्थित चिडियाखानाको अगाडिपट्टी रहेको २५ तले यस...

मुम्बइमा आगलागीबाट चौधको मृत्यु

मुम्बई, भारत, १४ पुस । भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ । यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका...

अघिल्लो सम्झौताबाट यौनदाशी मुद्दा समाधान हुदैन– कोरियाली राष्ट्रपति

सोल, १३ पुस । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताउनुभएको छ । जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ...

भारतमा एक महिनामा ६६० जना बेपत्ता

नयाँदिल्ली, १२ पुस (रासस/एएफपी) : धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको...

काश्मिरमा दोहोरो गोली हानाहान, आतङ्ककारी कमाण्डर मारिए

श्रीनगर, भारत नियन्त्रित काश्मिर, ११ पुस । प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा अर्ध सैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा परी मङ्गलबार एकजना वरिष्ठ आतङ्ककारीको मृत्यु भएको समाचार छ । भारत नियन्त्रित काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा उक्त दोहोरो गोली हानाहान...

सन २०१७ भरि नै विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प

काठमाडांँ, ११ पुस । यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन् । हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सार्नुभएका नीतिहरुकै...

बंगलादेशमा आत्महत्या गरेकी विनिशाको शव नेपाल ल्याइँदै

काठमाडौँ, ९ पुस । बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आजै नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको...

मलेसियामा काम गर्नेलाई खुशीको खबर : अब तिर्नुपर्दैन लेबी

एजेन्सी, ६ पुस । विभिन्न देशबाट मलेसियामा रोजगारीका सिलसिलमा पुगेका विदेशी कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । आफुले काम गरेर कमाएको पैसा समेत लेबीमा काटिने भएपछि हैरानी खेपिरहेका नेपाल सहितका विदेशी मुलुकका कामदारहरुलाई यसले खुशी तुल्याएको छ । सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्ने छन्...

‘डीभी परेर अमेरिका पुगेकाहरु रद्धिको टोकरीबाट मिल्काइएकाहरु हुन्’–डोनाल्ड ट्रम्प

एजेन्सी, ३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरुलाई रद्दीको टोकरीबाट निकालिएका मान्छेको संज्ञा दिएका छन् । उनीहरु खराबभन्दा खराब मानिसहरु रहेको समेत उनको दाबी छ । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ,...