विश्व विविध
सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ
बेरुत, २ माघ । सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर...
‘अन्तर कोरियाली सम्बन्धमा सुधार हुन्छ भने उत्तरका नेतासँग वार्ता गर्न तयार छु’-दक्षिण कोरियाली राष्ट्रपति
सोल, २६ पुस । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ र सम्बन्धमा सुधार हुन्छ भने हामी भेटघाट र वार्ता गर्न तयार...
हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प
टेगुसिगाल्पा, २६ पुस । हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्...
उत्तर कोरियाली नेतासँग कुरा गर्न राष्ट्रपति ट्रम्पले देखाए ईच्छा
बेइजिङ, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उहाँले भन्नुभयो– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन । सम्वाददाताहरुले उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै...
उत्तर कोरियाले पठायो वार्ता टोलीका सदस्यको नाम
सोल, २३ पुस । दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले आइतबार यो जानकारी दिएको छ । सो मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार सो वार्ता टोलीमा...
तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए
फराह, अफगानिस्तान, २३ पुस । अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार संयुक्त सुरक्षा फौजको कारबाहीमा परी स्थनीय तीन जना कमाण्डरसहित २० जना इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका...
एघार जना साउदी राजकूमार पक्राउ
रियाद, साउदी अरब, २३ पुस । साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले शनिबार जनाएको छ । दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।...
चिलीमा आठ हजार पटक भूकम्पका धक्का
सान्टीयागो, २१ पुस । चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् । भूकम्प गएको यो सङ्ख्या सन् २०१६...
ब्राजिलको कारागारमा फेरि दङ्गा
रियो डे जेनेरो, २१ पुस । मध्यपश्चिममा रहेको एक कारागारमा बिहीबार दोस्रो पटक दङ्गा भएको छ । सन् २०१८ को सुरुपछि यसप्रकार जेलभित्र दङ्गा सुरु भएको यो दोस्रो पटक हो । अधिकारीहरुका अनुसार यस दङ्गाको क्रममा एकजना कैदीले भाग्ने मौका पाएका थिए तर उनलाई पनि पुनः कब्जामा लिइएको जनाइएको...
अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्ने
वासिङ्टन डिसी, २१ पुस । अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ । पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क...






