विश्व विविध

गयो शक्तिशालि भुकम्प

बेइजिङ, १४ फागुन । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै...

कोलकातामा ‘पानीघट्ट’

काठमाडौँ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश...

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन निर्माण

काठमाडौँ, १२ फागुन । सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको...

पहिरोमा पुरिएका आठ शव निकालियो, १३ जना किसानको लास पहिरोभित्रै

जाकार्ता, ११ फागुन । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको...

सिरियामा युद्ध विरामको प्रयास विफल

संयुक्त राष्ट्रसंघ, ११ फागुन । सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो...

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा मारिए २५० सर्वसाधारण

आर्बिन, सिरिया ९ फागुन । दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा...

कोलकातामा नेपाल भवन बनाउन आह्वान

काठमाडौँ, ९ फागुन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ । मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहनुभएको छ । त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन...

ताइवान भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या १२ पुग्यो

ताइपेइ , ताइवान, २६ माघ । ताइवानमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १२ पुगेको ताइवान विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । शुक्रबार दिउसो एक क्यानडाली जोडीको उद्धार भएसँगै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो । अझै पनि भूकम्पका कारण ढलेको एक...

शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते, १४५ जना हराए

हुवालिन, २४ माघ । ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ । भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन्...

पुर्व राष्ट्रपतिका छोराद्धारा आत्माहत्या

हवाना, १९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ । केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ । क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गर्नुभएका उहाँले...