विश्व विविध

मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

जिम्बाब्वे, २ मङ्सिर रासस/ सिन्ह्वा : जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका...

अफगानिस्तानमा तीन पत्रकारको मृत्यु

काबुल, २ मङसिर -रासस/सिन्ह्वा : अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ । एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ । अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा...

मुगाबे विरुद्ध शनिबार सडकप्रदर्शन गर्न आह्वान

हरारे, १ मङ्सिर (रासस/एएफपी) : जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।” उहाँले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले...

कम्बोडियाको प्रतिपक्षी पार्टीलाई फुकुवा गर्न अमेरिकाको दवाव

वासिङटनडिसी, १ मङ्सिर (रासस/एएफपी) / कम्बोडियोको अदालतद्धारा बिहीबार प्रतिबन्ध गरिएको पार्टीलाई तत्काल फुकुवा गर्न अमेरिकाले आह्वान गरेको छ । अदालतले कम्बोडिया नेश्नल रेस्क्यु पार्टी (सीएनआरपी) र त्यसका झण्डै एक सय जना नेताहरुलाई प्रतिबन्ध गर्न आदेश दिएको थियो । सत्तारुढ दल हुन सेनले सर्वोच्च अदालतलाई कडाइका साथ नियन्त्रणमा लिएको पनि...

पाकिस्तानी सुरक्षा कारबाहीमा आतङ्कवादी कमाण्डरको मृत्यु

इश्लामावाद, पाकिस्तान, १ मङ्सिर (रासस/सिन्ह्वा) / पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ । बालोचिस्तानमा एक हप्ता पहिले १५ जना श्रमिकको हत्यामा सम्लग्न रहेको भनिएका बिएलएफको उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका...

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान), १ मङसिर (रासस/सिन्ह्वा) / अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा...

अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता

सोल, १ मङसिर (रासस/सिन्ह्वा) / संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो । दक्षिण...

संविधान संशोधन हुनेमा ढुक्क छु– जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो–...

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

हरारे, १ मङ्सिर । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहनुभएको छ । उहाँले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ । यहाँको...

अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु

काबुल, २९ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको...