विश्व विविध
मध्यपूर्वको तनाबः इजरायलमा भिषण इरानी हमला,विश्व अर्थतन्त्रमा असर
काठमाडौं । मध्यपूर्वमा तीन दिनदेखि जारी युद्ध रक्तपातपूर्ण अवस्थामा पुगेको छ । इरान र इजरायल दुवैले रक्तपातपूर्ण आक्रमण प्रत्याक्रमण जारी राखेका छन् । इजरायलले सुरु गरेको युद्ध इजरायल र अमेरिकाका लागि घातकसिद्ध हुने अवस्था आएको छ । आज विहानै इजरायलको राजधानी जेरुसेलम तथा आर्थिक केन्द्र तलअभिभमा इरानले भिषण मिसाइल...
समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी : राष्ट्रसंघका महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी रहेको बताएका छन् । फान्सको नाइसमा संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको महासागर सम्मेलनमा मन्तव्य राख्दै गुटेरेसले महासागरले अक्सिजनको आधा हिस्सा उत्पादन गर्ने बताउँदै करीव ३ अर्ब मानिसहरुको खाना र अर्बौ मानिसको जीवनयापनमा भूमिका रहेको बताए । युएन वेब टिभीमा...
अमेरिकाबाट कम्तिमा ४२ नेपाली डिपोर्ट, आज काठमाडौं आउँदै
आइतबार अमेरिकाबाट चार्टड विमानबाट एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो...
ट्रम्प र मस्कबीच दरार: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने चेतावनी दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर मूल्य १४ प्रतिशतले घटेको...
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
काठमाडौँ । सगरमाथा संवादका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलालाले परराष्ट्र मन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार, शिष्टाचार भेटका क्रममा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ...
भारत–पाकिस्तानबीच युद्धविराम घोषणा
काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुबै देशका उच्च अधिकारीहरुले युद्ध विराम भएको घोषणा गरेका हुन् । युद्ध विराम तत्काल लागू हुने समेत उनीहरुले जानकारी दिएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच...
भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’
काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको छ । पाकिस्तानले बुनयान उल मरसुस नाम दिएर जवाफी कारवाही सुरु गरेको अन्तर्राष्ट्रिय संचार माद्यमहरुमा उल्लेख छ । सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै अलजजिराले पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख...
पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २७ विमानस्थल
काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको सञ्चार माद्यमहरुले जनाएका छन् । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतीय नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु बन्द गरेको हो । पाकिस्तानले बिहीबार राति भारतमा मिसाइल आक्रमण गरेको थियो । जम्मु विमानस्थलमा गरिएको भनिएको सो आक्रमणपछिका विवरणहरु भने प्राप्त भएका छैनन्...
नेपालमा एमसीसी परियोजना नरोकिने
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन। अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार एमसीसी अन्तर्गतका केही देशमा कार्यक्रम स्थगित गरिने तयारी थियो। अमेरिकी...
क्यानडाको टोरन्टो विमानस्थलमा विमान पल्टियो
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएर दुर्घटना भएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । स्थानीय समय अनुसार दिउँसो करिब पौने ३ बजेको समयमा उक्त विमान रनवेको किनारमा उत्तानो परेको जनाइएको छ । उक्त विमानमा ८० यात्रु सवार रहेको बीबीसीले जनाएको छ...










