विश्व विविध
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो । भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित...
दक्षिण कोरिया विमान दुघर्टनाः मृतकको संख्या १७७ पुग्यो
सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा परेर मृत्यु हुनेको संख्या १७७ जना पुगेको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तिमा १७७ पुगेको अधिकारीहरुले बताएका छन् । बिहान १७५ यात्रु र छ जना चालक...
दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना भएको हो । १८१ जना सवार उक्त विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार, आइतबार बिहान...
मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु
मोरक्को । मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो । मृतकमध्ये २५ मालीका नागरिक थिए । उक्त डुङ्गामा करिब ८० जना व्यक्ति सवार रहेको बुझिइएको छ । जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका...
भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन
काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति ९ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको हो...
अफगानिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु
काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा बुधबार भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ...
फ्रान्सको मायोट क्षेत्रमा शक्तिशाली आँधी
पेरिस । हिन्द महासागरमा अवस्थित मायोट टापुमा शक्तिशाली आँधी आएको छ । यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । उक्त चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर...
दक्षिण कोरियामा शताब्दीकै ठूलो हिमपात
दक्षिण कोरिया । पूर्वी एसियाली मुलुक दक्षिण कोरियामा बाक्लो हिमपात भएको छ । विभिन्न विश्व मिडियाहरुले यसको खबर प्राथामिकताका साथ प्रकाशन गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार बिहीबार परेको हिउँ २० सेन्टिमिटरसम्मको थियो । नोभेम्बर महिनामा यस खालको हिँउ परेको रेकर्ड सन् १९०७ मा मात्रै भएको कोरियाली...
उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको भएको थियो । मृत्यु हुनेमा...
उत्तरी गाजामा इजरायली हमला, कम्तीमा ३४ जनाको मृत्यु
गाजा । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको छ । उक्त आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, मृतकमध्ये धेरै महिला र बालबालिका रहेका छन् । घटनामा सात जना घाइते भएको जनाइएको छ...



