विश्व विविध

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनी ४७ औं राष्ट्रपतिमा विजयी भएका हुन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति भएका उनी २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग हारेका थिए । त्यसपछि पुनः यस वर्षको निर्वाचनमा उम्मेदवारी दिएका उनले डेमोक्र्याट...

अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारीः हालसम्म ट्रम्पको १९८ , ह्यारिसको ११२

न्यूयोर्क । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । हालसम्म रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् । न्युयोर्क बाट सञ्चालित प्रतिष्ठित अनलाइन खसोखासले प्रकाशित गरेको समाचार अनुसार हालसम्म प्राप्त विवरण अनुसार ट्रम्पले १९८ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकाको वर्तमान उपराष्ट्रपति तथा...

गाजामा इजरायलको आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु

गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारी आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको जनाएको छ । इजरायली सेनाले भने उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली...

अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिका लागि कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुन लागेको हो । तीमध्ये ट्रम्प पूर्व राष्ट्रपति हुन भने कमला उपराष्ट्रपति हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुन लागेको हो । आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार...

गाजामा इजरायली हवाई आक्रमणबाट १७ जनाको मृत्यु

गाजा । गाजामा इजरायली हवाई आक्रमणबाट कम्तिमा १७ जनाको मृत्यु छ । गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमण हुँदा ९ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको हो । हालैका महिनाहरूमा, इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारवाही सञ्चालन गरिरहेको जनाइएको...

नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रतिनिधिमण्डलसहित न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डललाई राष्ट्रसघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यबहाक राजदुत कुमार खरेल र न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुत चक्र सुवदीलगायतकाले स्वागत गरेका छन् । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले...

भियतनाममा शक्तिशाली तुफानः ६० जनाको मृत्यु

काठमाडौँ । भियतनाममा शक्तिशाली तुफानका कारण ६० जनाले ज्यान गुमाएको त्यहाँका सञ्चार माध्ययमहरुले जनाएका छन् । उक्त तुफानलाई ‘यागी’ नाम दिएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द...

रुसी आक्रमणमा परेर युक्रेनमा ४१ जनाको मृत्यु

किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेर उनीहरुको मृत्यु भएको हो । सो क्रममा कम्तीमा १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । मिसाइलले शैक्षिक संस्था र...

युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु

किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, विमान दुर्घटनामा परेर विमानका पाइलट ओलेक्सी मेसको मृत्यु भएको हो । सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो...

अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या

टेक्सस । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी अन्दाजी २१ वर्षीया मुना पाण्डे गोली हानेर हत्या गरेको पाइएको हो । उनको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए...