एनआरएनको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन माल्टामा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघको १६ औं युरोपियन क्षेत्रीय सम्मेलन र युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन माल्टामा हुने भएको छ ।
सम्मेलन ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई मनन गर्दै २८ देखि ३० मार्चमा माल्टामा हुने भएको हो ।
विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालीको समृद्धि र रूपान्तरण गर्ने दिशामा केन्द्रित रहने बताइएको छ ।
युरोपेली क्षेत्रीय परिषद, एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए एनसीसी)) माल्टाले संयुक्त रूपमा सम्मेलनको आयोजना गर्न लागेको हो ।
यस सम्मेलनले विश्वभरिका गैर आवासीय नेपालीहरूलाई एकत्रित गरी नेपालमा सहकार्य, लगानी र दिगो विकासका अवसरहरूको पहिचान गर्ने लक्ष्य राखिएको जनाएको छ ।