विश्व विविध
युक्रेनलाई शक्तिशाली हतियार सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा
अमेरिका । अमेरिकाको राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकलाई सम्बोधन गर्दै उनले युक्रेनलाई हतियार र दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले अमेरिका र अन्य चार पश्चिमी देशले युक्रेनलाई...
इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा १२ जनाको मृत्यु
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुस्थित एउटा अवैध सुन खानीमा पहिरो जाँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी र अवैध उत्खनन् क्षेत्र नजिकै बसोबास...
रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा युक्रेनी राष्ट्रपति
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससंगको युद्ध अन्त्य गर्ने तयारी गरिएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले शुक्रबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएका हुन् । ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित...
गर्मीका कारण भारतको यूपीमा एकैदिन १७१ जनाको मृत्यु
नयाँ दिल्ली । अत्यधिक गर्मीका कारण भारतको उत्तर प्रदेश (यूपी) मा मंगलबार एकैदिन १७१ जनाको मृत्यु भएको छ । गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको मृत्यु...
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध
अमेरिका । आइसीसी टि ट्वान्टी विश्वकप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो । लगातारको वर्षाका कारण खेल रद्द...
इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार
तेल अभिभ । इजरायली सेनाले हमासको कैदबाट आफ्ना चार बन्धकलाई उद्दार गरेको छ । नोआ अरगामनी (२७), अलमोग मिर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई शनिबार उद्धार गरिएको हो । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो । रिहा भएपछि बन्धकहरुले आ–आफ्ना...
ट्रम्प ३४ मुद्धामा दोषी ठहर, सजाय निर्धारण जुलाई ११ मा
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको म्यानहाटनको एक जुरीले झुठो व्यापार अभिलेख राखेको एक मुद्धाको सबै ३४ वटै अभियोगमा दोषी ठहर गरेको छ । पोर्नस्टार स्टोर्मी डानियललाई चुप लागी बस्नका लागि तिरेको रकम र सो रकमलाई ट्याक्स फाइल गर्दा कानूनी खर्चको रुपमा देखाएको सन्दर्भमा लगाइएका सबै अभियोगहरुमा उनलाई जुरीले...
अस्ट्रेलियामा माछा मार्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा डुबेर दुई जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू...
अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु
न्यूयोर्क । अमेरिकामा आएको आँधीका कारण २३ जनाको मृत्यु भएको छ । टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामालगायत क्षेत्रका ४ बालबालिकासहित २३ जनाको मृत्यु भएको हो । खराब मौसम र आँधीका कारण टेक्सासको कुक काउन्टीको भ्याली भ्यू शहरमा मात्रै ७ जना, केन्टकीमा ५ जना र अर्कान्सासका उत्तरपश्चिमी भागहरुमा ८...
केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा ८ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा ८ जनाको जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार, महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रस्थित अमुदान केमिकल्समा आगलागी हुँदा ८ जनाको मृत्यु भएको हो । उक्त आगलागीमा परेर ६० जना घाइते भएका छन् । आगोले वरपरका अन्य...








