विश्व विविध

डीभीको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । अमेरिकाले प्रत्येक वर्ष संचालन गर्दै आएको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर  dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने जनाएको...

स्वदेश फर्किए कतारका राजा अमिर शेख

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो...

कतारी राजा अमिर शेखले प्रधानमन्त्रीसँग दुई पक्षीय वार्ता गर्दै

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग दुई पक्षीय वार्ता गर्ने भएका छन् । दुई दिने नेपाल भ्रमणअन्तरगत राजा अमिर शेखले आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने भएका हुन् । उनीहरुबीच बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाट...

काठमाडौं आइपुगे कतारी राजा अमिर शेख

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार अपराह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका थिए । कतारी राजा अमिर शेख राष्ट्रपति पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका...

कतारी राजाको नेपाल भ्रमणः यस्तो छ दुई दिने कार्यतालिका

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्नमा नेपाल आइपुग्ने भएका छन् । उनी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । अमिरले नेपाल...

मलेसियामा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरका चालक दलसहित सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थानीय मिडियामा देखिएका...

संयुक्त राष्ट्रसंघले क्यानाडामा प्लास्टिक प्रदूषण अन्त्यका लागि कार्यक्रम गर्दै

गिरिजा अधिकारी ओटावा । संयुक्त रष्ट्रसंघ वातावरणीय कार्यक्रमले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि भोली २३ अप्रिलबाट एक साता लामो कार्यक्रम आयोजना गर्ने भएको छ । अन्तरसरकारी वार्ता समति (आइएनसी ( ४ ) को चौथो सत्र अप्रिल २३ देखि २९ सम्म क्यानाडामा आयोजना गर्न लागेको हो । सन्...

कतारका अमिर शेख नेपाल आउँदै

काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही अप्रिल २३ मा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । मनत्रालयका अनुसार, उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ...

हङकङको एक जिममा आगलागी, ५ जनाको मृत्यु

हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी भएको छ । बुधबार जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो । उक्त आगलागीमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै आगलागीमा परेर १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको...

अमेरिकाको न्युयोर्कमा भूकम्पको धक्का

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०ः२३ बजे ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएकोे अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)  ले जनाएको छ । न्युजर्सीको ह्वाइटहाउस स्टेशन नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव...