विश्व विविध

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेको बस बिहीबार दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको हो । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको र बसमा आगो...

अमेरिकामा चक्कु प्रहार गरेर चार जनाको हत्या

काठमाडौं । अमेरिकामा चक्कु प्रहार गरेर चार जनाको हत्या भएको छ । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले चक्कु प्रहार गरी चार जनाको हत्या गरेका हुन् । राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार, एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गर्दा दुई जना महिला र दुई जना पुरुषको मृत्यु...

बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाएको आभियोगमा पक्राउ

काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याए बन्धक बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको आरोपमा चार बंगाली नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१...

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

मस्को । रुसमा एउटा कन्सर्ट हलमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । त्यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध...

कोलकातामा निर्माणाधीन भवन भत्किँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकातामा निर्माणाधीन भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । कोलकाताको गार्डेन रीच क्षेत्रमा आइतबार मध्यराति भएको उक्त घटनामा परेर कम्तिमा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने दुवै महिला हुन् । यस दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी...

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिनले जीत हाँसिल गरेका हुन् । उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अनुसार, जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी...

अस्ट्रेलियामा सुन खानी भत्किँदा एक जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियामा सुन खानी भत्किँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको उक्त खानीमा ५०० मिटरको पत्थरको थुप्रो खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३७ वर्षीय एक पुरुष रहेका छन्...

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टियो, ६ जना बेपत्ता

सियोल । इन्डोनेसियाली नागरिक सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिएको छ । २९ टन क्षमताको डुङ्गा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको दक्षिण कोरियाली योनहाप समाचार संस्थाले जनाएको छ । कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका...

मंगलबार ७० अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । नयाँ सत्ता समीकरण बनेसँगै सोमबार उत्साह देखिको नेप्से मंगलबार भने गिरावट आएको हो । मंगलबार नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि सोमबार नेप्से...

डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ...