विश्व विविध
भारतको बिहारसँग जोडिएका मधेश प्रदेशका सीमा नाका बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका बन्द गरिएको छ । उक्त नाका आजदेखि २ दिनसम्म बन्द रहने भएको हो । पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै उक्त सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सा र...
न्यूयोर्कमा भोलि नेपाल डे परेड हुने
न्यूयोर्क, अमेरिका । न्यूयोर्कको म्यानहाटनमा भोलि आइतबार नेपाल डे परेडको आयोजना हुने भएको छ । त्यसका लागि आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएका छन् । एनआरएनए न्यूयोर्कका अध्यक्ष हेमन्त मल्लका अनुसार, परेडमा नेपाली भेषभुषा, कला र संस्कृतिको प्रर्दशन हुनेछ । म्यानहाटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड म्याडिसन एभिन्यूको...
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बिहीबार अबेर रात र शुक्रवार बिहान आएको आँधी र वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर...
भारतमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार
काठमाडौं । भारतको कश्मीरमा बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुर्याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा...
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म संचालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा प्रकाशित गरेको हो । दोस्रो चरणको लागि छनोट भएका ६...
कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने
धनगढी । कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने भएको छ । भारतमा भइरहेको लोक सभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द गर्न लागिएको हो । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ मा लोक सभा निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि...
पाकिस्तानमा आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु
ग्वादर । पाकिस्तानको ग्वादरमा एक आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु भएको छ । गएराति आतङ्ककारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सुतिरहेका सात जनाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । अन्धाधुन्ध गोली चलाउँदा...
विद्यार्थी भिसाका लागि कठिन बन्दै अष्ट्रेलिया
काठमाडौँ । नेपाली विद्यार्थीहरुको रोजाइमा परेको अष्ट्रेलिया पछिल्लो आप्रवासन नीतिका कारण कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि अष्ट्रेलियाले आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाइएको हो । अष्ट्रेलिया जान चाहाने...
रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु
तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको छ । केरेम शालोम पोस्टमा हमासले गरेको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको इजरायलले दाबी गरेको छ । यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा...
जापानकी विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा
काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आज नेपाल भ्रमणमा आएकी हुन् । खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । उच्चस्तरीय भेटवार्ता भएपनि कुनै सन्धी...






