विश्व विविध
अमेरिकी विदेश उपराज्यमन्त्री आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश उपराज्यमन्त्री रिचार्ड नेपाल आउन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको पहिलो भ्रमण...
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता
ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै पूर्व प्रभानमन्त्री हसिनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । पूर्व प्रधानमन्त्री हसिनासहित अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको...
जोन रोज ग्लोबल वाटर अवार्डको विजेता घोषित
क्यानाडा । प्रोफेसर जोन रोजलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पानी संघको ग्लोबल वाटर वाटर अवार्डको विजेता घोषित गरिएको छ । क्यानाडाको टोरोन्टोमा आयोजना भइरहेको विश्व पानी सम्मेलन र प्रर्दशनीमा उनलाई अवार्ड विजेता घोषणा गरिएको हो । उनलाई सो अवार्डबाट विश्व पानी सम्मेलन र प्रर्दशनीका क्रममा टोरोन्टोमा प्रदान गरिएको छ । विश्व...
अष्ट्रेलियामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्स शहरको एक होटलको छतमा ठोक्किएर हेलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । क्विन्सल्याण्ड प्रहरीका अनुसार, हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । हेलिकोप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४००...
बंगलादेशका प्रधानन्यायाधीशले दिए पदबाट राजीनामा
काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जानकारी दिएको छ । शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै...
बंगलादेशको संसद् विघटन
काठमाडौं । बंगलादेशको संसद् विघटन भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद् विघटन गरेका हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट नै राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गरेका हुन् । राष्ट्रपति शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेको राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी...
नेटो राष्ट्रहरूबाट युक्रेनले पायो अमेरिकी एफ– १६ लडाकु विमान
काठमाडौँ । नेटो राष्ट्रहरुले युक्रेनलाई अमेरिकी एफ १६ लडाकु विमान सहयोग गरेका छन् । युक्रेनलाई एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै पहिलो किस्तामा केही लडाकु विमान भित्रिइसकेको युक्रेनस्थित सञ्चार माध्ययमहरुले जनाएका छन् । युक्रेनलाई जुलाई अन्तिम सम्ममा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता अनुसार सो म्यादभित्रै...
कामदार भिसाका लागि लोटरी खोल्दै अमेरिका
अमेरिका । अमेरिकाले कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक वर्ष २०२५ का लागि दोस्रो पटक लोटरी खोल्न लागिएको हो । आर्थिक बर्ष २०२५ का लागि तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च २५ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट...
जापानमा प्राविधिक श्रमिक पठाउने संस्थालाई सूचीकृत हुन आग्रह
काठमाडौँ । जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरुले विभागमा सूचीकृत हुनुपर्ने उल्लेख गरेको छ । ‘नेपाली...
लङ्काली क्रिकेट टोलीका कप्तान हसरंगाद्वारा राजीनामा
काठमाडौं । श्रीलङ्काली क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले पदबाट राजीनामा दिएका छन् । उनले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएका हुन् । टोलीको कप्तानबाट राजीनामा दिए पनि उनी खेलाडीको भूमिकामा भने सक्रिय रहने श्रीलङ्काली क्रिकेट बोर्डले जनाएको छ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा श्रीलङ्काको प्रदर्शन...









