आज पदभार ग्रहण गर्दै राष्ट्रपति ट्रम्प

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार ०९:४४
file-photo

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्ने भएका छन् । सोमबार १२ बजे ह्वाइटहाउसमा उनले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्ने भएका हुन् ।

७८ वर्षीय उनले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेश गर्नुअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुने जनाइएको छ ।

त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुनेछ । त्यसलगतै ट्रम्पले ह्वाइटहाउस नजिकैको पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।

पदभार ग्रहणकै दिन ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेको जनाइएको छ ।–एजेन्सी