नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा
न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रतिनिधिमण्डलसहित न्युयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डललाई राष्ट्रसघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यबहाक राजदुत कुमार खरेल र न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुत चक्र सुवदीलगायतकाले स्वागत गरेका छन् ।
अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले सात ओटा कार्यक्रममा सम्बोधन गर्ने तय भएको छ । ओलीले राष्ट्रसंघको महासभामा चार वटा महत्वपूर्ण कार्यक्रमलाई सम्बोधन गर्ने छन् भने उनले राष्ट्रसंघका महासचिव गुटेरेससंग पनि भेटवार्ता गर्ने छन् ।
प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचर र महासभा सम्बोधनसहित विभिन्न साइडलाइन वार्ता समेत गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने तय भएको छ भने असोज ७ मा समिट अफ द फ्युचरमा सम्बोधन गर्नेछन् ।