पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल

तु खबर संवाददाता
२०८२ बैशाख २६,शुक्रबार ०८:३१

काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको सञ्चार माद्यमहरुले जनाएका छन् । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतीय नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु बन्द गरेको हो ।

पाकिस्तानले बिहीबार राति भारतमा मिसाइल आक्रमण गरेको थियो ।

जम्मु विमानस्थलमा गरिएको भनिएको सो आक्रमणपछिका विवरणहरु भने प्राप्त भएका छैनन् ।

भारतले जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेको छ ।