खेलकुद

हेटौंडामा तेक्वान्दो कर्वड हल शिलान्यास

हेटौंडा, १६ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा तेक्वान्दो खेलको विकासको लागि तेक्वान्दो कर्वड हल निर्माण हुने भएको छ । नेपाल तेक्वान्दो संघ मकवानपुरको पहलमा कर्वड हल बनाउन लागिएको हो । हेटौंडा–४ कर्रा श्रमिकपथमा निर्माण हुने कर्वड हलको आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर...

बागमती गोल्डकपको तेस्रो संस्करण फागुनमा

हेटौंडा, १३ माघ । बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । शुक्रबार बागमती गाउँपालिकाको फापरबारीमा पत्रकार सम्मेलनको आयोजना गरी बागमती गोल्डकपको तेस्रो संस्करण फागुन १ गतेदेखि १० गतेसम्म हुने जानकारी गराएको हो । जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा ५ वटा ‘ए’ डिभिजन र...

मकवानपुर खेलकुद विकास समिति अध्यक्षमा सानु लामा

हेटौंडा, ७ माघ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामालाई परिषद्ले चयन गरेको हो । अध्यक्षको लागि मकवानपुरका लामासहित ३ जनाको नाम सिफारिसमा परेको थियो । परिषद्को आज मंगलबार बसेको बैठकले खेलकुद विकास...

फुटसल प्रतियोगिताको उपाधि कैलाशलाई

हेटौंडा, ६ माघ । १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले हात पारेको छ । मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आईतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि हात पारेको हो ।...

हेटौंडाको महावीर क्लब अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल खेल्न पोखरा प्रस्थान

हेटौंडा, ५ माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने स्वर्गीय रञ्जित गुरुङ स्मृति नवौं बगर भाइखलक एटए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा हेटौंडाका ३ क्लबले भाग लिने भएका छन् । प्रतियोगितामा सहभागी हुन हेटौंडाको महावीर क्लब आज आइतबार पोखरा प्रस्थान गरेको छ । उद्घाटन खेल भोली सोमबार महावीर क्लब, हेटौंडा...

सागमा पदक जित्ने मकवानपुरे खेलाडी पुरस्कृत

हेटौंडा, २९ पुस । हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले संयुक्त रुपमा दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई परस्कृत गरेको छ । सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र...

क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ

चितवन, २८ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन महायज्ञ लगाउने भएको छ । रंगशाला निर्माणका लागि आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको हो । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार...

हेटौंडाका दुई खेलाडीलाई एन्फाको प्रतिबन्ध

हेटौंडा, २५ पुस । मैदानमा जारी खोलमा झगडा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले हेटौंडाका २ खेलाडीलाई प्रतिबन्ध लगाएको छ । मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीबीच भएको खेलमा झगडा गरेपछि हेटौंडाका रञ्जन विष्ट र अशोक बराललाई एन्फाले प्रतिबन्ध लगाएको हो । मनाङ मस्र्याङ्दीका खेलाडी रञ्जनले २ खेल र...

मकवानपुरका स्वर्ण विजेता खेलाडीलाई १ लाख पुरस्कार

हेटौंडा, २१ पुस । हेटौंडा उपमहानगरपालिका कार्यालयले काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख रुपियाँ दिने घोषणा गरेको छ । आइतबार बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्वर्ण पदक विजेता मकवानपुरका खेलाडीलाई सम्मान स्वरुप जनही १ लाख रुपियाँ पुरस्कार दिने निर्णय...

सागमा स्वर्ण विजेता हेटौंडाका ओझा नगदसहित सम्मानित

मकवानपुर, १८ पुस । सामाजिक सँस्कार सेवा समितिले १३ औं सागमा तेक्वान्दोको डबल पुम्सेमा स्वर्ण विजेता हेटौंडाका सञ्जिव कुमार ओझालाई सम्मान गरेको छ । समितिले हेटौँडा–४, कर्रा निवासी ओझालाई ४० हजार नगदसहित सम्मान गरेको हो । ओझाकै प्रशिक्षक माधब कोइरालालाई पनि खादा र सम्मान पत्र दिई सम्मान गरिएको थियो...