श्रीकृष्ण आर्दश बोर्डिङ अंग्रेजी हिज्जेमा प्रथम

तु खबर संवाददाता
२०७६ माघ २१, मंगलवार ०८:४६

हेटौंडा, २१ माघ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी साताव्यापी कार्यक्रम अन्तर्गत् सोमबार भएको अंग्रेजी हिज्जे प्रतियोगितामा श्रीकृष्ण आर्दश बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्रतियोगितामा कृष्ण आर्दशको अनमोल उपाध्याय, अनिसा सिंह र सुजिता गोग्वा प्रथम भएका छन् ।
द्वितीय सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका अमित जैसवाल, सचिन यादव र आरोध्या सिंह भए ।

यस्तै प्रतियोगितामा ब्रम्हदिक एकेडेमीका निहारिका दाहाल, हंसिका महतो र मिरिसा होयोजु तृतीय भए ।

यसैगरी सोमबार भएको गाउँखाने कथा प्रतियोगितामा बालजागृती बोर्डिङ स्कूल प्रथम भएको छ । बालजागृतीको जीवीका पराजुली, विवेक यादव, रिवाज बर्तौला प्रथम भएका छन् ।

प्रतियोगितामा रेडरोज विद्यालयका कृपा अधिकारी, कृषा चौलागाईं, निष्चल अधिकारी द्धितीय भएका छन् । यस्तै जीएस निकेतनका सारा केसी, उकिसा अधिकारी र राजन खनाल तृतिय भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*