खेलकुद

मकवानपुर गोल्डकप : आज घरेलु टोली हेटौंडा र नेपाल पुलिस क्लब भिड्दै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् शुक्रबार फाइनल प्रवेशको लगि पहिलो खेल हुँदैछ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज घरेलु टोली विजय युथ क्लब हेटौंडा र नेपाल...

मकवानपुर गोल्डकपः विजय युथ क्लब हेटौंडा सेमिफाइनलमा प्रवेश

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी मकवानपुर गोल्डकपमा बिहीबार बिहान भएको खेलमा घरेलु टोली विजय युथ क्लब हेटौंडाले शानदार जित हाँसिल गर्दै सेमिफाईनल प्रवेश गरेको छ । क्लबले नवजनजागृती युवा क्लव सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी...

मकवानपुर गोल्डकपः वर्षाका कारण स्थगित बुधबारको खेल आज बिहान हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् बुधबार स्थगित भएको खेल आज बिहान हुने भएको छ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा भइरहेका अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् बुधबारको खेल वर्षाका कारण स्थगित थियो । बुधबार स्थगित भएको विजयी युथ क्लब र...

मकवानपुर गोल्डकप : एपीएफ टोली विजयी

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तरगत आइतबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको नेपाल एपीएफ टोली विजयी भएको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा भएको खेलमा फ्रेन्डस क्लब ललितपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै एपिएफ टोलीले जित हात पारेको हो ।...

मकवानपुर गोल्डकपः नेपाल एपिएफ र फ्रेन्डस क्लबबीच प्रतिस्प्रर्धा हुने

मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शनिबार) सशस्त्र प्रहरीको नेपाल एपिएफ काठमाडौं र फ्रेन्डस क्लब ललितपुरबीच प्रतिस्प्रर्धा हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा अपराह्न ४ बजेदेखि सुरु...

मकवानपुर गोल्डकप : आज बीएफसी र चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने

मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शुक्रबार) चितवनको बीएफसी क्लब र काठमाडौंको चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा हुनेछ । बिहीबारबाट सुरु भएको मकवानपुर गोल्डकपको पहिलो दिन सिमराको नव जनजागृति...

हेटौंडामा आजबाट अन्तराष्ट्रिय गोल्डकप सुरु हुने

मकवानपुर । हेटौंडामा आजबाट चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ । आजबाट आगामी जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने भएको हो । आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति...

नेपालमा १९ दिन ‘ओलम्पिक डे’ मनाइने

काठमाडौं । नेपालमा १९ दिन ओलम्पिक डे मनाइने भएको छ । नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा यही जेठ २२ गतेदेखि असार ९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको हो । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ‘ओलम्पिक डे’ को अवसरमा...

नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्कट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिताको लोगो र मस्कट शनिबार एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयुक्त सार्वजनिक गरेका हुन् । यस्तै, राष्ट्रिय...

प्रदेश फुटबलको निर्वाचन स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको जानकारी गराएको हो । यसअघि एन्फाले बैशाख १३ गते पत्र काट्दै प्रदेश संघको निर्वाचन बैशाख १९ देखि २४ गतेसम्म गर्न परिपत्र गरेको थियो...