हेटौंडा उपमहानगरपालिका : पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।
उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रहेको उक्त रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख विनियोजन गरेको बताए । यस्तै, उपमहानगरपालिकाले हेटौंडामा अर्को मिनी रंगशाला निर्माणको लागि ८० लाख तथा फुटबल एकेडेमी संचालनको लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, उपमहानगरपालिकले मकवानपुरगढी गाउँपालिकास्थित एतिहासिक मकवानपुरगढी दरबार परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन मकवानपुर राज्यको सेनापति कनक सिं बानियाँको प्रतिमा राख्ने भएको छ ।
