मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त सिटौला

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १०:२४

मकवानपुर । मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला चयन भएका छन् । संघको बुधबार हेटौंडामा भएको पाँचौ अधिवेशनबाट सिटौला अध्यक्षमा चयन भएका हुन् ।

यस्तै, संघको उपाध्यक्षमा ईन्द्र सञ्जेल तथा चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः कमल बिडारी, सजिता पौडेल, मनोज लामा, ईन्द्र बज्राचार्य, रजु घले, रञ्जन अमात्य र सिशम माझी रहेका छन् ।