खेलकुद

बागमती गोल्डकपको तयारी तीब्र

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको तयारी तीब्र गतिमा भइरहेको छ । यहि पौष २४ गतेदेखि हुने प्रतियोगिता बागमती गाउँपालिका–८ को जनता उच्च माविको खेलमैदान हुनेछ । प्रतियोगिताको लागि अहिले खेलमैदान सजाउँने काम धमाधम भईरहेको बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी...

हेटौंडामा पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा यही पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को प्रायोजकमा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले सो बारे जानकारी गराएका हुन् । प्रतियोगितामा प्रथम...

पेलेको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको...

सहिद स्मृति गोल्डकपको आय–व्याय सार्वजनिक

मकवानपुर । स्थानीय तह सहिद स्मृति गोल्डकप–२०७९ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले गत जेठ महिनामा आयोजना गरेको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकपको आय–व्याय सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल प्रतियोगिताबाट २१...

बागमती गोल्डकपको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने

मकवानपुर । बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरले आयोजना गर्ने उक्त प्रतियोगितामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । प्रतियोगिता बागमती–८, फापरबारीस्थित जनता माविको मैदानमा हुने यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म...

नागस्वती भेट्रान्सद्वारा आय-व्यय सार्वजनिक

मकवानपुर । हेटौंडा–७ नागस्वती खेल मैदानमा गत भाद्र १८ गते देखी २२ गतेसम्म संचालन भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आय-व्यय शुक्रबार सार्वजनिक गरिएको छ । क्लबले शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आय-व्यय सार्वजनिक गरेको हो । सम्मेलनमा क्लबका सचिव प्रदीप गौतमले...

महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेले उपचारका लागि एक महिनाअघि अस्पताल...

थाहा नगरपालिका–९ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं.–९ चित्लाङमा यही पुस २७ गतेदेखि जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्वच्छन्द्र भैरब युवा क्लव आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको लागि पुस २६ गतेसम्म टिम दर्ता गर्नुपर्ने स्वच्छन्द्र भैरब युवा क्लवका अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए...

यु–२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल : नेपाल र बंगलादेश सेमिफाइनलमा भिड्दै

काठमाडौं । बंगबन्धु एसियन सेन्ट्रल जोन यु–२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलअनतरगत आईतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो । लिग चरणको पहिलो खेलमा बंगलादेशले...

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई

काठमाडौं । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि हात पारेको हो । यससँगै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । अर्जेन्टिनाले यसअघि सन् १९७८...