खेलकुद

हेटौंडामा दौड र स्लो स्कुटी रेस प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सहिद दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा हुने भएको हो । ४ नम्वर वडा कार्यालयबाट दौड सुरू भएर पारिजातपथ हुँदै...

बकैयामा शुक्रबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगामी शुक्रबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकामा माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्न सूचित गरेको भएपनि बकैयाले केही ढिला छनौट प्रतियोगिता गर्न लागेको हो । बकैयास्तरीय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता...

पाँचौं बागमती गोल्डकपको उपाधि अमेरिकी टोली च्याम्पियनलाई

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुट्नीज युथ अमेरिकाले हात पारेको छ । मंगलबार बागमती गाउँपालिकास्थित जनता माविको खेलमैदानमा भएको खेलमा सडनडेथमा संकटा क्लबलाई पराजित गर्दै भुट्नीज युथ अमेरिकाले उपाधि हात पारेको हो । खेलमा संकटालाई सडनडेथमा ८–७ गोल गोल अन्तरले पराजित गर्दै भुट्नीज युथ च्यापियन बनेको...

बागमती गोल्डकप : भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको २ मिनेटमै भुटनीजका जर्सी नम्वर ४७ का दिरज थजालको हेडबाट उत्कृष्ट...

बागमती गोल्डकप : एपिएफ क्लब क्वाटरफाइनलमा

मकवानपुर । सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो । खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट आउट गर्दा मच्छिन्द्रका जर्सी नम्वर १४...

आठौं हेटौंडा राष्ट्रिय भेट्रान्सको उपाधि एवीसी पोखराको हातमा

      हेटौंडामा शनिबार सम्पन्न भएको आठौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि एवीसी भेट्रान्स पोखराले हात पारेको छ । हेटौंडा ५, पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराको एबीसी टोलीले उपाधी हात पारेको हो । उपाधिसहित...

बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ आजबाट सुरु हुँदैछ । आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र ए डिभिजन लिगको टिम जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । माघ ३ गतेसम्म जारी रहने प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक बागमती गाउँपालिका...

माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गर्न निर्देशन

मकवानपुर । जिल्ला खेलकुद विकास समिति मकवानपुरले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १० गतेभित्र सम्पन्न गराउन पालिकाहरुलाई निर्देशन दिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को पत्रअनुसार चालु आर्थिक वर्षमा संचाललन गरिने प्रतियोगिता माघ १० गतेभित्र सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकालाई निर्देशन दिएको हो...

ए डिभिजन लिगका १४ क्लबले गरे दर्ता

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै, १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५/१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले बिहीबार र शुक्रबार फारम बुझाए । क्लबहरुले...

पाँचौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सात ए डिभिजन लिग, एक विदेशी र दुई स्थानीय टोली गरी १० टोलीको सहभागिता...