खेलकुद

मनहरी–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल सुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा भएको उक्त प्रतियोगिताको आज पहिलो दिन सुर्यकिरण युवा...

नेपाल १० वर्षपछि पुनः टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । नेपाल १० वर्षपछि पुनः टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२०...

मनहरी–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा...

बकैयामा पहिलो पटक दौड प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता ‘बकैया रन’ हुने भएको छ । नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा बकैया एथलेटिक्स संघले बकैया खेलकुद विकास समितिको समन्वयमा यही कात्तिक ३ गतेबाट ‘बकैया रन’ प्रतियोगिताको आयोजना गर्न लागेको हो । बकैया–३ को हात्तीसुँडेमा हुन लागेको गाउँपालिका स्तरीय ५ किमि...

श्रृजना युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता

मकवानपुर । श्रृजना युवा क्लब बकैया–४ को आयोजनामा पुरुष खुल्ला फुटबल प्रतियोगिता जारी छ । क्लबले नेपालीहरुको महान पर्व बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । असोज २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता कात्तिक ३ गते साँस्कृतिक कार्यक्रमसहित समापन गरिने क्लबका अध्यक्ष हर्कबहादुर भुलुनले...

आधारभुत विद्यालयलाई स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री आधारभुत विद्यालयलाई स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार बिहान एक कार्यक्रमबस्च विद्यालयको विपन्न तथा गरिब विद्यार्थीको सहजताको लागि कापी, कलम, सिसाकलमसहितको स्टेसनरी सामग्री र फुटबल सहयोग गरिएको हो...

चैनपुर जेसीज कप : केदारेश्वर र पुलिस फाइनलमा

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयाको केदारेश्वर युवा क्लव र बागमती प्रदेश प्रहरी गण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा रजैयाले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । पहिलो खेलमा...

हेटौंडा साइकल रनको उपाधी थापाले हात पारे

मकवानपुर । हेटौंडा साइकल रन दोश्रो संस्करण २०८० को उपाधी आशिष थापा मगरले हात पारेका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार सम्पन्न उक्त प्रतियोगिताको उपाधि हेटौंडा–६ निवासी थापाले उपाधी हात पारेका हुन् । उनले नगद ५० हजार रुपैयाँ पुरस्कार राशीसहित उपाधी प्राप्त गरे । यस्तै, प्रतियोगिताको दोस्रो र तेस्रो...

हेटौंडामा टि–२० क्रिकेट प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबारबाट टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको हो । हेटौंडा–४, हुप्रचौरमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । सो क्रममा उनले खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै नियमपूर्वक...

हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३०० खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८...