मनहरी–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल सुरु

तु खबर संवाददाता
२०८० कार्तिक २०,सोमबार १८:३१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा भएको उक्त प्रतियोगिताको आज पहिलो दिन सुर्यकिरण युवा क्लब ‘ए’ ले विजय सुरुवात गरेको छ ।
आज भएको खेलमा आयोजक टिम खेलकुद विकास समिति मनहरी–२ लाई पेनाल्टिकमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै सुर्यकिरण क्लबले विजय सुवात गरेको हो ।

उक्त प्रतियोगिता आगामी कात्तिक २७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।