खेलकुद

हेटौंडामा जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा सुरु भएको हो । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २५ जना खेलाडीको सहभागिता रहेको छ ।...

फुटबल संघ मकवानपुरद्वारा २७ जना खेलाडीको विदाई

मकवानपुर । फुटबल संघ मकवानपुरले राष्ट्रिय टिम तयारीका लागि यु–१६ फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत् प्रदेश छनौट खेल्नका लागि मकवानपुरका खेलाडीहरुलाई विदाई गरेको छ । संघले मंगलबार जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई विदाई गरेको हो । प्रदेश छनौटका लागि मकवानपुरबाट २७ जना...

बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका ३ जना

मकवानपुर । नेपाल बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका छन् । संघको पोखरामा सम्पन्न भएको छैठौं साधारणसभा तथा अधिवेशनबाट कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका हुन् । संघको कार्यसमितिको उपाध्यक्षमा मकवानपुरका सविन भट्टाचार्य, सदस्यमा सुशील घिमिरे र मिलनध्वज राना मगर चयन भएका हुन् । दुई दिनसम्म संचालन...

महिला विश्वकप फुटबलको उद्घाटन खेल न्युजिल्यान्डले जित्यो

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले जित हासिल गरेको छ । न्युजिल्यान्डले नर्वेलाई १—० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको हो । अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो...

महिला विश्वकप फुटबल आजदेखि सुरु

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजनामा आजबाट उक्र खेल हुने भएको हो । महिला विश्वकपको यो नवौँ संस्करण हो । आज पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन...

हेटौंडामा मिडिया कप फुटसल, उपाधि एन्ड्रसलाई

मकवानपुर । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवानपुरले हेटौंडामा आयोजना गरेको ‘मिडिया कप फुटसल’ प्रतियोगिताको उपाधि सक्रिय पत्रकारहरुको समूह एन्ड्रसले हात पारेको छ । शनिबार भएको फाइनलमा रेडियो मकवानपुर/प्रदेश दैनिकलाई २–१ गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधि हात पारेको हो । एन्ड्रसको जितमा सरोज पौडेल र रविन्द्र वाइवाले...

मकवानपुरका आमेथ दोनोस्टी कपमा

हेटौंडा । मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरु ३० औं दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल्ने अवसर पाएका छन् । स्पेनको दोनोस्टी सिटीमा आयोजित ८ वर्षमुनिका खेलाडीबीच हुने खेलमा रुम्बाले सीडी इन्टरनेसनल क्लबबाट खेल्ने मौका पाएका हुन् । उनी फरवार्ड प्लेयर पोजिसनका खेलाडी हुन् । सीडी इन्टरनेसनलले रुम्बाको रनिङ,...

दोश्रो विजय युथ गोल्डकपको उपाधि आयोजकलाई

मकवानपुर । दोश्रो विजय युथ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक तथा साविक विजेता एफसी विजय युथ क्लबले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै विजय युथले उपाधि हात पारेको हो । पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा पदमपोखरी युनाइटेडका खेलाडी दिपेश...

साफ च्याम्पियनसिपमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतमा सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औं संस्करण आजबाट हुन लागेको हो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा ८ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा यसपटक नेपालसहित आयोजक...

हेटौंडामा दोस्रो विजयी यूथ गोल्डकप हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा यही असार ५ गतेदेखि दोस्रो विजय यूथ गोल्डकप हुने भएको छ । आयोजक विजय यूथ क्लबले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । उक्त गोल्डकप असार ५ गतेदेखि १५ गतेसम्म हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा मकवानपुरका...