सितोरियो कराँते महासंघ मकवानपुरको नेतृत्व लामालाई

तु खबर संवाददाता
२०८० भाद्र १०,आईतवार ०९:१४
file-photo

मकवानपुर । नेपाल सितोरियो कराँते महासंघ जिल्ला कार्यसमिति मकवानपुरको नेतृत्व दिपक बहादुर लामाले गर्ने भएका छन् ।

महासंघको जिल्ला कार्य समितिको भेलाबाट लामाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

यस्तै, समितिको उपाध्यक्षमा रामलाल थोकर लामा, रोशन बलामी, रूपक लामा र दामोदर दाहाल चयन भएका छन् । सचिव दिर्ग बहादुर लामा, कोषाध्यक्ष सुमन रायमाझी चयन भएका छन् ।

भेलाले नेपाल सितोरियो कराँते महासंघ बागमती प्रदेशका लागि प्रतिनिधी समेत चयन गरेको छ । रोशन बलामी, दिपक लामा, दुर्गा बहादुर लामा, बिष्णु श्रेष्ठ, प्रमिला तामाङ ठकुरी प्रदेश प्रतिनिधि चयन भएका छन् ।