हेटौंडाको नागस्वतीमा टोलस्तरीय फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार १८:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा आगामी असोज २३ गतेबाट टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता नवज्योति टोल विकास संस्थाअन्तर्गत् भीआईपी फुटबल टिमको आयोजनामा हुने भएको हो । आयोजकले बुधबार बिहान हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।

प्रतियोगिता नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा हुने भएको हो । कात्तिक ३ गतेसम्म संचालन हुने प्रतियोगितामा करिब दश टोली सहभागी रहने प्रतियोगिताका आर्थिक संयोजक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगिता सहभागी टोली दुई समूहमा विभाजन गरी लिगकम नकाउटका आधारमा सञ्चालन गरिनेछ । दुबै समूह विजेता र उपविजेताले अन्तिम चारमा प्रतिस्पर्धा गर्ने गरी खेल तालिका निर्माण गरिनेछ ।

प्रतियोगिताको विजेता समूहले नगद ५३ हजार रुपैयाँसहित खसी प्राप्त गर्ने छन् भने उपविजेता समूहले खसीसहित विभिन्न उपहार प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागतरुपमा पुरस्कारको व्यवस्था गरिने आयोजक टोल विकास अध्यक्ष सुशील सुवेदीले जानकारी दिए ।