एसियाकप खेल्न पाकिस्तान गए सन्दीप लामिछाने

तु खबर संवाददाता
२०८० भाद्र ११,सोमबार १३:१९
file-photo

 

काठमाडौँ । राष्ट्रिय क्रिकेट समूहका सदस्य सन्दीप लामिछाने आज एसियाकप खेल्न पाकिस्तान गएका छन् ।
सन्दीप लामिछाने विहान ११ बजेर २० मिनेटमा कतार एअरवेजको जहाजबाट दोहा हुँदै पाकिस्तान गएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आइतबार हेर्न नभ्याइनेमा परेपछि उनी पाकिस्तान जाने बाटो खुलेको हो ।
एसियाकपमा नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।